साल्टले ल्यायो मल पहिलो चरणमा २५ सय मेट्रिक टन «

साल्टले ल्यायो मल पहिलो चरणमा २५ सय मेट्रिक टन

बिहीबार २५ सय मेट्रिकटन युरिया मल नेपाल आएको छ । साल्ट ट्रेडिङ नेपालले आयत गरेको युरिया मल बिहीबार वीरगञ्ज आइपुगेको जनाइएको छ ।
२२ हजार ५ सय युरिया मलमध्ये पहिलो चरणमा २५ सय मेट्रिकटन युरिया मल बिहीबार बेलुका वीरगञ्ज आएको साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले बताए ।

उनले भने, “खेती लगाउने मुख्य सिजनमा केही हदसम्म भएपनि किसानलाई रहात दिन मल आपूति गरिएको हो । २५ सय मेट्रिकटनको आएको छ शुक्रबार अरु थप २५ सय टन् आउँछ ।” २५ सय मेट्रिकटन युरिया मल बाटोमा आउने क्रममा रहेको छ । आएका मलको भन्सार प्रक्रिया मिलाउने काम भइरहेको छ ।
भण्डारीका अनुसार बिहीबारबाट मल नेपाल भित्रन थालेको छ । अब चरणबद्ध रुपमा आउने उनले भने । २५ सय मेट्रिकटनको लट गरेर युरिया मल आयत हुने र चाँडै वितरण गर्न गरि आपूर्ति भइरहेको प्रवक्ता राजभण्डारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्