‘१०.७५% एसबिएल डिबेन्चर २०८९’ निष्कासन «

‘१०.७५% एसबिएल डिबेन्चर २०८९’ निष्कासन

सिद्घार्थ बैंकले १० असारदेखि ४ अर्ब रुपैयाँको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले ४० लाख कित्ता १०.७५ प्रतिशत एसबिएल. डिबेन्चर २०८९ बिक्री खुला गरेको हो । यसमा लगानीकर्ताले वार्षिक १०.७५ प्रतिशत ब्याजदर पाउन सक्ने बताइएको छ । यो ऋणपत्रको अवधि १० वर्ष रहने छ ।
आकर्षक र सुनिश्चित प्रतिफल प्रदान गर्ने उत्कृष्ट दीर्घकालीन लगानीको अवसरका साथ सर्वसाधारण र विभिन्न संघसंस्थाका लागि जारी गरिएको उक्त ऋणपत्रमा लगानीकर्ताले बंैकिङ उद्योग मध्येकै उच्चतम ब्याजदर प्राप्त गर्न सक्ने बताइएको छ ।

बैंकले ४० लाख कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात १६ लाख कित्ता सर्वसाधारण लगानीकर्तालाई र ६० प्रतिशत अर्थात २४ लाख कित्ता विभिन्न संघसंस्थालाई बिक्री गर्ने छ । सर्वसाधारणका लागि निष्कासन गरिएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।
उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने बताइएको छ । लगानीकर्ताले यस ऋणपत्रका लागि नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्