नेपाल एसबिआई बैंकले ल्यायो धनवृद्धि योजना «

नेपाल एसबिआई बैंकले ल्यायो धनवृद्धि योजना

नेपाल एसबिआई बैंकले धनवृद्धि योजना सार्वजनिक गरेको छ ।
जसअन्तर्गत ग्राहकले जम्मा गरेको रकम ६ वर्ष ६ महिनामा २ गुणा तथा १० वर्ष ३ महिनामा ३ गुणा भन्दा बढी प्रतिफल दिने मुद्दती खाता सन्चालनमा ल्याएको हो ।

उक्त खातामा ब्याज सावाँमा पुँजीकृत हुँदै परिपक्वता पश्चात एकमुष्ट रकम भुक्तानी हुनेछ । बैंकले ग्राहकलाई खातामा रहेको सावाँ रकमको ९० प्रतिशतसम्म ऋण दिन सकिनेछ । यो योजना नेपाल एसबिआई बैंकको कुनै पनि शाखाबाट लिन सकिने जनाइएको छ ।
साथै संस्थाको हकमा जम्मा गरेको रकम ७ वर्षमा २ गुणा तथा ११ वर्ष ३ महिनामा ३ गुणा हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्