नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा ज्वारचन «

नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा ज्वारचन

नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकमा क्यापटेन दीपुराज ज्वारचनलाई नियुक्त भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले मन्त्रिस्तरीय निर्णय गरी क्यापटेन दीपुराजलाई निमित्त महाप्रबन्धकमा नियुक्त गरेका हुन् ।

गत कात्तिकमा मन्त्री आलेको सिफारिसमा निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका युवराज अधिकारीलाई गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निलम्बन गरेको थियो । कार्यकारी अध्यक्ष निलम्बनमा परेसँगै मन्त्री आलेले निमित्त महाप्रबन्धकको जिम्मेवारी क्यापटेन दीपुराजलाई दिइएको हो ।
प्रशिक्षक पाइलटको जिम्मेवारीमा रहेका दिपुराज विगत १३ वर्षदेखि निगमको व्यवस्थापकीय जिम्मेवारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्