मुक्तिनाथ बैंकका ग्राहकलाई इिस्माइल मेकरस् डेन्टल होममा छुट «

मुक्तिनाथ बैंकका ग्राहकलाई इिस्माइल मेकरस् डेन्टल होममा छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन ललितपुरको गोदावरीस्थित इिस्माइल मेकरस् डेन्टल होमसँग विभिन्न सेवाहरूमा विशेष २० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात बैंकका भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले ललितपुरमा रहेको इिस्माइल मेकरस् डेन्टल होममा विभिन्न सुविधाहरू जस्तै दाँत सफा गर्ने, दाँत भर्ने र नक्कली दाँत हाल्नेमा विशेष छुट प्राप्त गर्न सक्ने भएका हुन् ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निः शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्