Logo

खप्तड लघुवित्त र मेगा क्यापिटलबीच सम्झौता

खप्तड लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई १ लाख ३२ हजार कित्ता सेयर सार्वजनिक निष्काशन गर्ने भएको छ ।
यसका लागि संस्थाले मेगा क्यापिटल मार्केट्ससँग सेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्झौता गरेको छ ।
उक्त निष्काशन बाँडफाँटपश्चात् कम्पनीको सेयरधनीको अभिलेख राख्न, सेयरको धितोबन्धक÷रोक्का राख्न, कम्पनीले घोषणा तथा स्वीकृत बोनस सेयरहरुको वितरण गर्न तथा नगद लाभांशको भुक्तानीको व्यवस्था गर्न, सेयर नामसारी तथा दाखिला खारेजजस्ता सेवा मेगाले उपलब्ध गराउने सम्झौता भएको हो ।

उक्त सेयर रजिष्ट्रारको सेवा प्रदान गर्नका लागि मेगा क्यापिटल मार्केट्सलाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरिएको लघुवित्तले जनाएको छ । सम्झौता पत्रमा खप्तड लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सुरेशबहादुर बम र क्यपिटलका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्