आईएमई पेको ‘क्यूआर डे विथ आईएमई पे’ अफर «

आईएमई पेको ‘क्यूआर डे विथ आईएमई पे’ अफर

आईएमई ग्रुपले सञ्चालन गरेको आईएमई डिजिटल सोलुसनद्वारा प्रवद्र्घित ‘आईएमई पे’ ले प्रयोगकर्तामाझ ‘क्यूआर डे विथ आइएमई पे’ अफर सार्वजनिक गरेको छ ।
अफरअन्तर्गत सबै प्रयोगकर्ताले कुनै पनि क्यूआर पेमेन्ट आईएमई पे एपमार्फत भुक्तानी गर्दा दिनभरमा १० प्रतिशत छुट (अधिकतम १ सय रुपैयाँसम्म) प्राप्त गर्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

यो अफर ल्याउनको मुख्य उद्देश्य आफ्ना नियमित र सम्भावित ग्राहकलाई आइएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन गर्ने कम्पनीले जनाएको छ । उक्त अफर १० असार १ दिनका लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ ।
अफर अन्तर्गत पहिलो २५ सय सेवाग्राहीले मात्र क्यासव्याक पाउनेछन् भने पियर्स‐टु‐पियर्स क्यूआर ट्रान्जेक्सनमा यो अफर अन्तर्गतको क्यासव्याक प्राप्त गर्न नसक्ने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्