आईएमई जनरल इन्स्योरेन्स र चिरायु अस्पतालबीच सम्झौता «

आईएमई जनरल इन्स्योरेन्स र चिरायु अस्पतालबीच सम्झौता

आईएमई जनरल इन्स्योरेन्स र चिरायु नेसनल अस्पताल तथा मेडिकल इन्सिच्युट प्रालिबीच सम्झौता भएको छ ।
सम्झौतापत्रमा इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र चिरायु अस्पतालका अपरेशन डाइरेक्टर चन्डेश्वर नन्द राज वैद्यले हस्ताक्षर गरे ।
सम्झौता पश्चात आईएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकहरुको बिमालेखको सीमासम्म अस्पतालबाट नगदरहीत हस्पिटलाइजेसन सुविधा प्राप्त गर्न सक्नेछन् ।

सो अवसरमा आईएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले चिरायु अस्पतालले आफ्ना ग्राहकलाई आईएमई जनरल इन्स्योरेन्ससँग आईजीआई औषधोपचार बिमालेख खरिद गरी अस्पतालसँग बिमालेखको सिमासम्म नगदरहित हस्पिटलाइजेसन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्