काठमाडौंको असनमा सेञ्चुरी बैंकको नयाँ शाखा «

काठमाडौंको असनमा सेञ्चुरी बैंकको नयाँ शाखा

सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको असनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकका सञ्चालक समिति सदस्य प्रा.डा. गिता प्रधान र काठमाडौं महानगरपालिका¬–¬२५ का वडा अध्यक्ष राजेश डंगोलले सो शाखाको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीको उपस्थिति थियो । असन शाखा सञ्चालनमा आएपछि उपत्यकाभित्र बैंकको शाखा संख्या २८ पुगेको छ ।
२०७८ चैत मसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड निक्षेप संकलन र ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्