सिटिजन्स बैंक इन्टरनेसनलको शाखारहित सेवा विस्तार «

सिटिजन्स बैंक इन्टरनेसनलको शाखारहित सेवा विस्तार

सिटिजन्स बैंक इन्टरनेसनलले उदयपुरको त्रियुगानगरपालिका–७ तोरीबारीमा शाखारहित बैंकिङ सेवा सुरुवात गरेको छ ।
सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी बाबुराम थापालाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंकप्रति विश्वास बढ्ने अपेक्षा लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्