कृषि क्षेत्रमा प्रविधि भित्र्याउन ब्राजिल सकारात्मक «

कृषि क्षेत्रमा प्रविधि भित्र्याउन ब्राजिल सकारात्मक

नेपाल उद्योग परिसंघ र नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो माइकलसेन डेन हार्टोगबीच छलफल भएको छ ।
कृषि, ब्राजिलले इन्धनको रुपमा प्रयोग गर्दै आएको इथानल प्रविधि, ब्राजिलमा निर्यात हुने नेपाली वस्तु, छात्रवृत्ति, एवं पर्यटन क्षेत्रका विषयमा परिसंघ र राजदूतबीच छलफल भएको छ ।
अध्यक्ष विष्णुकुमार अग्रवालले कृषि, सेवा, उत्पादनमुलक उद्योगको प्रबद्र्धनसहित समग्र देशको आर्थिक समृद्धिका लागि काम गर्दै आएको बताए । परिसंघले स्वदेशी उत्पादन बढाउन जोड दिँदै आएको र कृषि क्षेत्रमा ब्राजिलले प्रयोग गरिरहेको प्रविधि नेपालमा भित्र्याउन सहयोग गर्न राजदूतलाई आग्रह गरे । त्यसका लागि परिसंघ र दूतावासले सहकार्य गर्दै अगाडि बढ्ने सहमति समेत भएको छ ।

राजदूत हार्टोगले लामो समयदेखि ब्राजिलको व्यापार नीतिमा काम गर्दै आएको अनुभवका आधारमा व्यापारमार्फत विश्व बजारमा स्थापित हुन सकिने बताए । ब्राजिल कफी, चिनी, भटमास, सोयाविन तेल उत्पादनमा विश्वको अग्रणी मुलुक हो ।
प्रविधिको प्रयोगका कारण कृषि क्षेत्रमा ब्राजिलले गरेको प्रगति र त्यस्तो प्रविधि नेपालमा कसरी ल्याउन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो । राजदूत हार्टोगले नेपालले निर्यातमा जोड ँिददै प्रविधिको प्रयोग बढाउनुपर्ने बताए ।
उनले ब्राजिलले विकाससिल मुलुकका लागि दिँदै आएको छात्रवृत्तिबाट नेपालले पनि लाभ लिन सक्ने बताए । छलफलमा नेपालबाट निर्यात हुने हस्तकला सामग्रीको प्रवद्र्धन, दुई देशबीच पर्यटन प्रवद्र्धनमा पनि सहकार्य गर्नेलगायतका विषयमा छलफल भएको छ । यसका लागि नेपाली निजी क्षेत्र र ब्राजिलको निजी क्षेत्रसँग समन्वय गराउन समेत आफूले भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे ।
छलफलमा परिसंघका निवर्तमान अध्यक्ष शतिस कुमार मोर, कृषि परिषद् सभापति विकास दुगडसहित राहुल अग्रवाल, हितेश गोल्छा, सागर गौतम, सतिश श्रेष्ठ, महानिर्देशक दिपकराज जोशी सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्