नागरिकता विधेयक अगाडि बढाउने गठबन्धनको निर्णय «

नागरिकता विधेयक अगाडि बढाउने गठबन्धनको निर्णय

सत्तारुढ पाँच दलीय गठबन्धनले नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ ।
बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको विधेयकलाई अगाडि बढाउने प्रश्ताव गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनले कतिपय नागरिकले बुबाआमा नेपाली नागरिक भएपनि नागरिकता बिहीन हुनुपरेको भन्दै नागरिकताको समस्यालाई समाधान गर्न सरकार अघि बढेको बताए । मन्त्री कार्कीले बुधबारको बैठकमा शान्ति प्रक्रियालाई चाँडै निस्कर्षमा पु¥याउनका लागि पनि छलफल भएको बताए ।

मन्त्री कार्कीले गठबन्धनको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले मन्त्रालयले शान्ति प्रक्रियाको बारेमा अहिलेसम्म प्राप्त विवरणको प्रगतिको प्रतिवेदन पनि प्रश्तुत गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्