एससीटी र मोरु डिजिटलबीच भुक्तानी सेवा सञ्चालन सम्झौता «

एससीटी र मोरु डिजिटलबीच भुक्तानी सेवा सञ्चालन सम्झौता

नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) र मोरु डिजिटल वालेटबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।
सो सम्झौतामा स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र पे नेप (मोरू वालेट) का प्रमुख कार्यकारी अधिकृत आशितोष साहबीच हस्ताक्षर भएको हो ।

मोरू डिजिटल वालेटसँगको यो सहकार्यले मुलुकको डिजिटल भुक्तानीको विकासमा थप योगदान पुग्न जाने एससीटीले जनाएको छ ।
सम्झौतासँगै पाँच लाख मोरू वालेट प्रयोगकर्ताले १ लाख ६० हजार स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन् भने मोरू वालेटमार्फत विभिन्न व्यापार व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिनलाई स्माट क्यूआरको सुविधा लिन सक्ने कम्पनीले जर्नाएको छ ।

प्रतिक्रिया दिनुहोस्