नेपाल बैंकको बजेट गोष्ठी चन्द्रागिरिमा «

नेपाल बैंकको बजेट गोष्ठी चन्द्रागिरिमा

नेपाल बैंकले आगामी आर्थिक वर्ष २०७९/०८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले २ दिने बजेट गोष्ठी तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
बैंकले ३ र ४ जेठमा काठमाडौंको चन्द्रागिरिमा सो बजेट गोष्ठी गरेको हो । नेपाल बैंक व्यवस्थापन, बैंकका सम्पूर्ण विभाग तथा डिभिजन प्रमुखहरु र प्रादेशिक कार्यालय प्रमुखहरु गरी ४२ जनाको सहभागिता रहेको थियो ।
प्रधान कार्यालय बजेट तथा योजना विभागले आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागीलाई नेपालको आर्थिक तथा वित्तीय क्षेत्रको वर्तमान अवस्था र संभावनाहरु सम्बन्धि प्रशिक्षण समेत प्रदान गरिएको थियो ।

बैंकले सम्पूर्ण प्रदेशहरुमा प्रदेशस्तरीय बजेट गोष्ठी सम्पन्न गरी सम्पूर्ण शाखाहरुबाट आएका सल्लाह सुझावहरु सम्बन्धमा प्रधान कार्यालयका विभाग तथा डिभिजनबीच छलफल साथै राय सुझावसहित बजेट तथा कार्यक्रमहरु तयार गर्दा त्यसको प्रभावकारिता बढी हुने देखिएकाले यस्ता कार्यक्रमहरु प्रत्येक वर्ष आयोजना गर्दै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्