हज यात्रीलाई ग्लोबल आइएमई बैंकको सटहीको सुविधा «

हज यात्रीलाई ग्लोबल आइएमई बैंकको सटहीको सुविधा

ग्लोबल आइएमई बैंकले सन् २०२२ को हजयात्रामा नेपालबाट प्रस्थान गर्ने हजयात्रीलाई आवश्यक पर्ने विदेशी मुद्रा (साउदी रियाल समेत) सटहीको सुविधा प्रदान गर्ने भएको छ ।
बैंकले हजयात्रीहरुको सुविधाका लागि कान्तिपथ, ठमेल, तिनकुने र सिनामंगल शाखा कार्यालयबाट साउदी रियालसहित अन्य विदेशी मुद्रा साट्न सकिने व्यवस्था मिलाएको बैंकले जनाएको छ । साथै हजयात्रीलाई मुद्रा सटहीको सिलसिलामा कुनै जानकारी लिनुपर्ने भएमा सम्पर्क गर्न समेत बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्