वार्षिकोत्सवमा जनरल इन्स्योरेन्सको रक्तदान कार्यक्रम «

वार्षिकोत्सवमा जनरल इन्स्योरेन्सको रक्तदान कार्यक्रम

जनरल इन्स्योरेन्स नेपाल कम्पनीले सञ्चालनको चार वर्ष पूरा गरेको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
वार्षिक उत्सवको अवसरमा कम्पनीले शुभकामना आदान–प्रदान तथा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कम्पनीको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा कम्पनीका २५ जना कर्मचारीले रक्तदान गरेका थिए । देशभर रहेका शाखाहरूमा समेत विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्