दोर्दी खोला जलविद्युतको आईपीओ बाँडफाँट «

दोर्दी खोला जलविद्युतको आईपीओ बाँडफाँट

दोर्दी खोला जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलकाअनुसार स्वीकृत आवेदनमध्ये २ लाख १ हजार ९८६ आवेदकले १० कित्ताका दरले कम्पनीको आईपीओ हात पारेका छन् । थप ९ जना आवेदकले भने थप एक कित्ता गरी ११ कित्ता सेयर पाए ।
कम्पनीले २६ जेठदेखि आईपीओ निष्काशन गरेको थियो । आईपीओमा १४ लाख ७१ हजार ६६५ आवेदन परेको थियो । जसमध्ये १४ लाख ७० हजार ७८३ आवेदन स्वीकृत भएको थियो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्तासहित २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।
जसमध्ये ६५ हजार ८६५ कित्ता अर्थात ३ प्रतिशत सेयर कम्पनीका कर्मचारी, एक लाख ९ हजार ७७५ कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको थियो । बाँकी २० लाख १९ हजार ८३९ कित्ता सेयर सर्वसाधारण लगानीकर्तामा वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्