कोरोना कहरबीच बढे पाँचतारे होटल «

कोरोना कहरबीच बढे पाँचतारे होटल

अहिलेको अवस्था हेर्दा अब बिस्तारै विश्वका विभिन्न देशले ‘नोभेल कोरोना भाइरस’ (कोभिड–१९) का कारण पैmलिएको महामारी र त्यही महामारीका कारण लगाइएको यात्रा प्रतिबन्ध (ट्राभल ब्यान्ड) हटाउँदै जानेछन् । किनभने हाल केही देशमा बाहेक कोरोना महामारी स्थिर रहेको छ । त्यसो त कुनै–कुनै देशमा कोरोना महामारीको चौथो, पाँचौं लहरको जोखिम पनि रहेको भन्ने भनाइ छ, विज्ञहरूको । जे होस्, हालै अमेरिकाले कोरोना महामारीका कारण लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ । त्यसो त कोरोना महामारीका कारण लगाइएको यात्रा प्रतिबन्धका कारण नेपालमा मात्रै नभएर विश्व पर्यटन जगत्मा आशाको केन्द्र र मेरुदण्डका रूपमा रहेको होटल, मोटेल (नेपाल मोटेल), कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, होमस्टे, मचान आदि डावाँडोल स्थितिमा रहेको थियो । फलतः विश्वभरिकै होटल, मोटेल, कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, होमस्टे, मचान आदिको लगानी धरमरमा परेको अवस्था पनि छ । तापनि संयोग कस्तो भने यही अवधिमा हाम्रो देश नेपालमा हालसम्म १८ वटा पाँचतारे होटल पुगेको छ । जुन समाचार हामी सबैका लागि सुखद हो, गर्व गर्न लायक समाचार हो ।
हुन पनि पर्यटकको परिभाषाअनुसार कुनै पनि मान्छेले आफ्नै देशमा पनि आफ्नो घर छाडेर २४ घण्टा वा एक रात बिताउने गरी दोस्रो ठाउँ जानेबित्तिकै उसलाई सबैभन्दा पहिले बस्ने व्यवस्थाकै आवश्यकता पर्छ । यस्तो खालको भ्रमणमा निक्लने मान्छेलाई नै पर्यटक मान्ने गरिन्छ । अर्को महŒवपूर्ण कुरो के हो भने जसले एक रात (२४ घण्टा) आफ्नो घर वा देश छाडेर बाहिर बिताउँछ, उसलाई मात्रै पर्यटक (आन्तरिक र बाह्य) मान्ने भन्ने संयुक्त राष्ट्रसंघसँग आबद्ध ‘विश्व पर्यटन संगठन’ (युएन–डब्लुटिओ) को मान्यता रहेको छ । यसो भनिरहँदा भारतीय सीमाक्षेत्रको होटल वा लजमा बसेर दिउँसो एकैछिन (दुई–चार घण्टा) नेपाल घुमेर दिसा–पिसाब गरी बेलुकी बास बस्नचाहिँ भारततिरै जाने विदेशी पर्यटकहरू (भारतीय, श्रीलंकन, म्यानमारी÷बर्मिज आदि) लाई पर्यटक मान्ने कि नमान्ने ? भन्ने प्रश्न पनि छ । खासगरी बुद्ध धर्मका प्रवद्र्धक गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न एकछिन नेपाल आउने र सोही दिन भारततिरै फर्किने विदेशी पर्यटकहरूलाई पर्यटक मानेर पर्यटकको सूचीमा राख्ने कि नराख्ने ? यसबारेमा हामीले गम्भीर भएर सोच्ने दिन आइसकेको छ ।
हालै गोरखापत्र दैनिकमा आएको एक समाचारअनुसार नेपालमा पाँचतारे होटलको संख्या १८ वटा पुगेको छ । पर्यटन विभागलाई उद्धृत गर्दै लेखिएको सो समाचारमा उल्लेख भएअनुसार त्यही १८ वटा पाँचतारे होटलभित्र एउटा डिलक्स होटल पनि परेको छ । स्मरण रहोस्, झापा जिल्लाको धुलाबारीमा बनेको ‘मेची क्राउन प्लाजा’ नेपालकै एकमात्र डिलक्स पाँचतारे होटलमा परेको छ । भनिन्छ, सो होटलमा १ सय १ कोठा र १ सय ८५ बेड छन् । होटल उद्योगमात्रै यस्तो उद्योग हो, जसलाई आजभोलि विश्वभरि ‘धूवाँरहित उद्योग’ भनेर पनि चिनिन्छ ।
अंग्रेजी नयाँ वर्ष सन् २०२२ सुरु भएदेखि नै विश्व पर्यटन जगत्मा आशाको नयाँ पालुवा पलाएको छ । कारण सन् २०२२ सुरु भएदेखि नै विश्वभरि नै महामारीको रूप लिएको कोरोना भाइरस कम हुँदै गएको छ । हराउँदै गएको छ । यसरी हेर्दा लगभग चार वर्षअघिको तथ्यांकअनुसार नेपालका होटलहरूले वार्षिक २५ लाख विदेशी पर्यटक धान्न सक्ने बेड क्षमता रहेको थियो । यसबीचको समयमा केही नभए तापनि १८÷१९ हजार बेड क्षमता बढेको हुन सक्छ । यसरी हाम्रो देश नेपालमा होटल क्षेत्रले अपेक्षा गरेभन्दा छिटोछिटो गति लिएको मान्न सकिन्छ । भलै भविष्यमा त्यहीअनुसार विदेशी पर्यटकहरू नेपाल भ्रमणमा आएनन् भने होटल क्षेत्रमा गरेको लगानी लगानीकर्ताहरूले नाफा कमाउन धेरै समय पर्खनुपर्ने हुन्छ । हो, होटलमा लगाएको लगानी बालुवामा पानीचाहिँ हुँदैन । वास्तवमा होटलमा लगानी गर्नुको फाइदा पनि यसैमा रहेको छ । तर, तत्कालै कमाइहाल्ने मनोविज्ञान भएकाहरूले होटलमा लगानी गर्न गाह्रो छ । किनभने तत्काल नाफा कमाइहाल्ने होेइन कि सञ्चालन खर्च उठाउन पनि कठिन पर्छ ।

प्रतिक्रिया दिनुहोस्