योगलाई खेलकुदसँग जोड्नुपर्छ : मन्त्री अथक «

योगलाई खेलकुदसँग जोड्नुपर्छ : मन्त्री अथक

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले योगलाई खेलकुदसँग जोडेर हेर्नुपर्ने बताए । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अथकले योगलाई खेलकुदकै अंगका रुपमा विकास गर्नुपर्ने बताए ।

पछिल्लो समय विश्वभर योग संस्कृतिले ब्यापकता पाइरहेको उल्लेख गर्दै मन्त्रीअथकले खेलकुदका अलावा शिक्षा र स्वास्थ्यलाई समेत योग संस्कृतीसँग जोड्नुपर्ने बताए । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आर्ट अफलिभिङले वल्र्ड ट्रेड सेन्टरमा आयोजना गरेको विशेष कार्यक्रमका प्रमुअतिथि समेत रहेका मन्त्री अथक योगाभ्यासमा समेत सहभागी भएका थिए ।

हरेक वर्ष जुन २१ तारिकमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्