खेलकुदमन्त्री अथकले बिदाइ गरे हजयात्रीलाई «

खेलकुदमन्त्री अथकले बिदाइ गरे हजयात्रीलाई

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १०४ हजयात्रीलाई बिदाइ गर्नुभएको छ । मन्त्री अथकले मंगलबार बिहान विभिन्न जिल्लाका हजयात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन् ।

मन्त्री अथकले आफ्नो गृहनगर बाँकेका साथै बर्दिया, सुर्खेत, दाङ र अर्घाखाँचीबाट हजकालागि मक्का मदिना जान लागेका १०४ हजयात्रीहरूलाई दोसल्ला ओढाएर बिदाइ गरेका हुन् । बिदाइ हुनेहरूमा बाँकेका ८५, बर्दियाका ५, सुर्खेतका ६, दाङका ५ र अर्घाखाँचीका २ जना हजयात्री तथा १ जना प्रतिनिधी रहेका छन ।
हजयात्री साउदी अरबको जेद्दा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मक्कामदिना पुग्ने नेपाल हज समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्