Logo

टिभीएस अपाचेको नयाँ मोडल नेपालमा सार्वजनिक हुँदै

जगदम्बा मोटर्सले टिभीएस अपाचे आटीआर १६० फोरभी तथा बीएर भीआईको नयाँ मोडल नेपाली बजारमा ल्याउने तयारीमा छ ।
नेपालमा सार्वजनिक हुन लागेको सो मोटरसाइकलको बीएस भीआई मोडलमा यस वर्गमै पहिलो र सबैभन्दा उत्कृष ३ राइड मोडलमा रहेका छन् । जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा परिवर्तन गर्न सक्ने कम्पनीले जनाएको छ । यस फिचर्सले चालकको राइडिङ् अनुभवलाई थप सहज र सुरक्षित बनाउने छ ।

यसैगरी अत्याधुनिक सुविधासम्पन्न इन्जिन सहितको अपाचे आरटीआर नेपाली मोटरसाइकल प्रेमीले धेरै पहिलादेखि नै प्रतीक्षा गरिरहेको कम्पनीको दावी छ । मोटरसाइकलमा स्मटर्ट कनेक्सन फिचर रहेकाले यसको सहायताले मोटरसाइकलमा ब्लुतुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिंग,लीन एङ्गल मोड, साथै कल र एसएमएस एलर्ट जस्ता आधुनिक सेवा जडान गरिएका हुन्छन् ।
जगदम्बा मोटर्सले नयाँ टिभीएस अपाचे आटीआर १६० फोरभी तथा बीएर भीआई ९ असारमा सार्वजनिक गर्ने जनाएको छ । जगदम्बा मोटर्स नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्