नेप्से परिसूचक ३७.४९ अंकले वृद्धि «

नेप्से परिसूचक ३७.४९ अंकले वृद्धि

पछिल्लो तीन हप्ता लगातार रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक वृद्धि भएको छ ।
मंगलबार नेप्से परिसूचक ३७.४९ अंक बढेर १९२२.३० बिन्दुमा पुगेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ८.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंकले बढेको छ ।
मंगलबार कारोबारमा आएका २३१ कम्पनीको ३७ लाख ६५ हजार कित्ता सेयर १ अर्ब २५ करोड ३७ लाख ५७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचक वृद्धि भएपनि मंगलबार कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा केही घटेको छ । अघिल्लो कारोबार दिन १ अर्ब ७५ करोडको सेयर कारोबार भएको थियो ।
मंगलबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.८९ प्रतिशत बढेको छ । त्यस्तै, वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बिमा, लघुवित्त र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।
मंगलबार ३ वटा कम्पनीको सेयर मूल्य सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आँधीखोला लघुवित्त, सिवाईसी लघुवित्त र सप्तकोसी डेभलपमेण्ट बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । कारोबार रकमका आधारमा ११ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्