कथालयका दुई बाल चित्रपुस्तक सार्वजनिक «

कथालयका दुई बाल चित्रपुस्तक सार्वजनिक

दुई बाल चित्रपुस्तक ‘मेरो प्यारो खेलौना’ र ‘सधैं समीप’ वैशाख ५ गते आइतबार हात्तीवनस्थित प्रिममियर इन्टरनेस्नल स्कुलमा सार्वजनिक भएको छ । ‘मेरो प्यारो खेलौना’ का लेखिका इभोन भोन उल र ‘सधैं समीप’ का लेखक मार्क योन्सनका साथ बालबालिकाले पुस्तक विमोचन गरेका छन् ।

मेरो प्यारो खेलौनामा लीला उनका प्यारा खेलौनाहरू लिएर घुम्न जान्छन्। बाहिर पुगेपछि ती सबै खेलौना जीवित हुन्छन् । आफ्ना खेलौनासँग बालबालिकको सम्बन्ध, माया र कल्पना शक्तिलाई चित्रपुस्तकमा समावेश गरिएको छ । यसपुस्तकको लेखिका र चित्रकार इभोन भोन उल हुन् । यो पुस्तक विशेष गरी ३ देखि ६ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी प्रकाशन गरिएको हो ।

पुस्तक सधैं समीप एक बालकको कथा हो। आफ्नी हजुर आमालाई धेरै सम्झी रहने बालकको कथामा पुस्तक केन्द्रित छ । जुनै ठाउँमा गए पनि आफ्नी हजुर आमाको याद गरिरहने बालकको मनोविज्ञान पुस्तकले रोचक ढंगले प्रस्तुत गरेको छ । यो एउटा यस्तो कथा हो, जुन समवेदना र सरलताका कारण मार्मिक छ । यस चित्रपुस्तकले भौतिक रुपमा हराएको मानिसको स्नेह, ध्यान र उपस्थितिलाई आफ्नो वरिपरिका वस्तुहरूमा खोज्न र महसुस गर्न सकिन्छ भन्ने कुरा प्रस्तुत गरेको छ ।
चित्रपुस्तक ९ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई उपयुक्त हुनेछ । यस चित्रपुस्तकका लेखक तथा चित्रकार नेदरल्यान्ड्सका मार्क योन्सन हुन् । उनले ५०० भन्दा धेरै पुस्तकका चित्र तयार गरिसकेका छन् भने यो उनको लेखेन र चित्रांकान गरेको १० औं चित्रपुस्तक हो । यो पुस्तक उनले बिगतको २ पटकको नेपाल भ्रमण पश्च्यात नेपालको परिवेश रपात्र लिएर तयार पारेका हुन् । यो पुस्तक हालसम्म ३ फरकभाषामा प्रकाशन भइसकेको छ।यसभन्दा अगाडि उनका दुई चित्रपुस्तक कथालयबाट नै प्रकाशित भइसकेको छ ।
लेमिनिस्केट मूल प्रकाशक रहेको दुवै पुस्तकको नेपाली भाषामा अनुवाद कथालयका डाइरेकटर तथा को–फाउन्डर राजीवधर जोशीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्