नेपाल स्काउटको ७१ औं स्थापना दिवस «

नेपाल स्काउटको ७१ औं स्थापना दिवस

नेपाल स्काउटले आइतबार ७१ औं स्थापना दिवस भव्यताको साथ मनाएको छ । स्काउटको राष्ट्रिय कार्यलयमा आफनो ७१ औं स्थापना दिवस मनाएको हो । स्थापना दिवस कार्यक्रममा बोल्दै स्काउटका केन्द्रीय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीले नेपाल स्काउट अब प्रत्येक विद्यालयमा पु¥याउने बताए ।
उनले स्काउटमा विभिन्न फोरमहरूमा स्काउट लिडरको उल्लेखनीय सहभागिता रहँदै आएको बताए । संयोजक भण्डारीले स्काउट नयाँ ढंगले प्रत्येक विद्यालय, पालिकामा सक्रिय बनाउने योजना रहेको बताए । उनले स्काउट
स्वयंसेवीका रूपमा प्रत्येक घर–घरमा पुग्ने बताए । अब एक घर एक स्काउट अभियानलाई कार्यान्वयनमा लाने उनको भनाइ छ । स्काउटको अबको भभियान भनेको प्रत्येक घरका एक जना बालबालिलाई एक दिन अनिवार्य स्काउटको शिक्षा लागू गरिने संयोजक भण्डारीले बताए । उनले स्काउटको मुलुकभर रहेका सम्पतिको संरक्षण गर्नु प्रमुख दायित्व भएको बताए ।

उनले भने,‘विभिन्न संगठनमा नेपाल स्काउटको युवा महिलाहरूको उल्लेखनीय रुपमा सहभागिता रहेको छ । अब हामी प्रत्येक विद्यालयमा स्काउट पु¥याउन चाहन्छौं । प्रत्येक विद्यालयमा र प्रत्येक पालिकाका मेयर उपमेयरहरूले जसरी स्काउटको लिडरसिप गरेर पालिका पालिकामा पुरुष वा महिलाहरूको सहभागिता सम्मान उपस्थितिमा बञ्चित हुनुपर्ने छैन ।
स्काउट नयाँ ढंगले अगाडि जान तयार छ । स्काउट स्वयंसेवीको रुपमा प्रत्येक घरघरमा पुग्नेछौं र एक घर एक स्काउटको अभियान सफल हुनेछ । अबको अभियान भनेको प्रत्येक घरका एक जना बालबालिलाई अनिवार्य स्काउटको शिक्षा दिन एक हुनुपर्छ भन्ने मान्यतालाई विकास गर्दै जानेछौं । स्काउटको सम्पतिलाई सुरक्षित गर्दै जानुपर्छ ।’

स्थापना दिवसको अवसरमा नेपाल स्काउटले स्काउटको विकास र विस्तारमा अतुलनीय योगदान गरेको भन्दै चन्दन कौशिकलाई नेपाल स्काउटको सर्वोच्च पदक सुनौलो गैंडा प्रदान गरेको छ । यस्तै कार्यक्रममा स्काउटको अभियानमा संलग्न स्काउटर तथा लिडरहरूलाई विभिन्न सम्मान र पदवी वितरण गरेको छ । नेपाल स्काउटले देशभर ७१ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ ।

प्रतिक्रिया दिनुहोस्