सरकार आर्थिक रुपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर «

सरकार आर्थिक रुपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार आर्थिक रुपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर रहेको बताउइन् ।
बुधबार लोकसेवा आयोगको ७२औं वार्षिकोत्सवको अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । उनले आयोगले आफूलाई नयाँ युगका नयाँ चाहनाहरूलाई सामना गर्नसक्ने गरेर सुधार एवं विकास गर्दै अघि बढ्नुपर्ने आवश्यक्ता रहेको पनि बताए । उनले जनताको समृद्धिको आकांक्षा सम्बोधन गर्नसक्ने र सोहीअनुरुप कर्तव्य पालन गर्नसक्ने मानवस्रोतको पहिचान गरी सरकारी सेवालाई बलिया बनाउने अधिकार प्राप्त संवैधानिक अंगको रुपमा रहेको लोकसेवा आयोगले त्यसलाई आत्मसाथ गर्दै आफ्नो दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्ने बताए ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘नयाँ युगका नयाँ चाहनाहरूलाई सामना गर्नसक्ने गरेर आफूलाई निरन्तर रूपमा सुधार एवं विकास गर्दै अघि बढ्नुपर्ने आवश्यक्ता छ । ठूलो राजनीतिक परिवर्तनपश्चात् मुलुक अब क्रमशः आर्थिक रुपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर भइरहेको छ । जनतालाई सहज सार्वजनिक सेवा प्रवाह गरी राज्यको उपस्थितिको बोध गराउने दायित्व मुलुकको निजामती सहितका सरकारी संयन्त्रमा रहेकाले सोही अनुरूपको जनशक्ति छनोट गर्नु अत्यावश्यक हुनजान्छ ।
जनताको समृद्धिको आकांक्षा सम्बोधन गर्नसक्ने र सोही अनुरुप कर्तव्य पालन गर्नसक्ने मानवस्रोतको पहिचान गरी सरकारी सेवालाई बलिया बनाउने अधिकार प्राप्त संवैधानिक अंगका रूपमा रहेको लोकसेवा आयोगले त्यसलाई आत्मसाथ गर्दै आफ्नो दायित्व पूरा गर्न कटिवद्ध हुनुपर्छ । चुस्त व्यवस्थापकीय क्षमतायुक्त, इमान्दार, कर्तव्यनिष्ठ र दक्षतासहितका जनशक्ति विकासका लागि आवश्यक तालिम तथा अभिमुखीकरण र उम्मेदवारको छनोट प्रक्रियामा समयसापेक्ष सुधार गर्नेतर्फ आयोगको यथेष्ट ध्यान जाने अपेक्षा गरेको छु ।’
राष्ट्रपति भण्डारीले चुस्त व्यवस्थापकीय, क्षमतायुक्त, इमान्दार, कर्तव्यनिष्ठ र दक्षतासहितका जनशक्ति विकासका लागि आवश्यक तालिम तथा अभिमुखीकरण र उम्मेदवारको छनोट प्रक्रियामा समयसापेक्ष सुधार गर्नेतर्फ आयोगको यथेष्ट ध्यान पु¥याउन आवश्यक रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्