क्यानडाको भर्टिकल नोट ‘बैंक नोट अफ द इयर– २०१८’ «

क्यानडाको भर्टिकल नोट ‘बैंक नोट अफ द इयर– २०१८’

क्यानडाको १० डलरको नोटले बैंक नोट अफ द इयर २०१८ पुरस्कार जितेको छ । इन्टरनेसनल बैंक नोट सोसाइटी तथा बैंक अफ क्यानडाले सोसल मिडियामार्फत यसको जानकारी दिएका हुन् । यो अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वीजरल्यान्ड, नर्वे, रूसलगायतका विभिन्न १५ देशले भाग लिएका थिए ।
क्यानडाको उत्कृष्ट डिजाइन तथा नागरिक अधिकारका लागि लड्ने सामाजिक कार्यकर्ता भायला डेसमन्डको तस्किरका कारण यो पुरस्कार मिलेको बताइएको छ । यो विश्वकै पहिलो भर्टिकल नोट हो ।
डेसमड यस्ती महिला हुन् जसलाई पहिलो पटक प्रधानता दिएर नोट छापिएको बैंक अफ क्यानडाले जनाएका छ । बैजनी रंगको यो नोट २०१८ को नोभेम्बरमा लन्च गरिएको थियो । नोटको पछाडिपट्टि क्यानडाको मानवअधिकार म्युजियमको तस्बिर छापिएको छ ।
क्यानडाको हेलिफ्याक्समा जन्मिएकी भायला डेसमन्ड एक व्यापारी महिला थिइन् । उनले १९४६ मा न्यू ग्लास्गो, नोभा स्कोटियाको एक सिनेमाघरमा जातीय पृथक्तावादीलाई चुनौती दिएकी थिइन् र रोजयान्ड थिएटर छोड्नबाट अस्वीकार गरेकी थिइन् । यो विषयमा अदालतमा मुद्दा चल्यो र जातीय समानको अधिकार उपमा बन्यो ।
अश्वेत महिलालाई पनि सुन्दर हुने अधिकार रहेको उनले बताइन् । अधिकारका लागि डेसमन्डले लडाइँ लडिन् । उक्त अवधिमा अश्वेत महिलालाई कपाल काट्ने ठाउँमा जातीय आलोचनाको सामना गर्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्