गण्डकी प्रदेशको बजेट गत वर्षभन्दा १६ प्रतिशतले बढी «

गण्डकी प्रदेशको बजेट गत वर्षभन्दा १६ प्रतिशतले बढी

गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७९/८० का लागि ३५ अर्ब ९० करोड ९० लाख बजेट प्रस्तुतः गरेको छ । गण्डकी प्रदेशका अर्थमन्त्री राजमीप्रसाद बराल जीवनले बुधबार सदनमा आर्थिक वर्ष २०७९/८० को लागि बजेट वक्तव्यमार्फत उक्त बजेट प्रस्तुतः गरेका हुन् ।
उक्त बजेट चालू आर्थिक वर्षभन्दा १६.३१ प्रतिशतले अर्थात् ५ अर्ब ८५ करोड ९० लाखले बढी हो । चालू आर्थिक वर्षको बजेट ३० अर्ब ५ करोड रहेको थियो । आउँदो आर्थिक बर्षको लागि विनियोजन मध्ये चालूतर्फ १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार अर्थात् ३६ दशमलव ९५ प्रतिशत र पुँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख ४६ हजार अर्थात् ६१ दशमलव ६६ प्रतिशत र वित्तिय व्यवस्थातर्फ ५० करोड अर्थात् १ दशमलव ३९ प्रतिशत रहेको अर्थ मन्त्री बरालले पेश गरेको बजेट व्यत्तलव्यमा उल्लेख छ । त्यसै गरी स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ२ अर्ब ११ करोड १० लाख अर्थात् ५ दशमलब ८८ प्रतिशत रहेको छ भने आगामी आर्थिक वर्षमा १ करोड ६८ लाख ३८ हजार सञ्चित कोषमाथि व्ययभार हुने अनुमान गरिएको अर्थ मन्त्री बरालले बताए ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको बजेटको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट वित्तीय समानीकरणबाट७ अर्ब ९२ करोड ७९ लाख, राजश्व बाँडफाँटबाट प्राप्त ९ अर्ब २३ करोड ९९ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ ६ अर्ब ९१ करोड ८३ लाख रुपैयाँ, समपुरक अनुदानतर्फ ८३ करोड ७० लाख रुपैयाँ, विशेष अनुदानतर्फ ८६ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको बजेट वत्तव्यमा उल्लेख गरिएको छ । प्रदेशको आन्तरिक राजश्वबाट ५ अर्ब ९ करोड १६ लाख रुपैयाँ र रोयल्टी बाँडफाँडबाट ३२ करोड ५० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यसै गरी चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयन पश्चात २ अर्ब ७१ करोड रुपैयाँ नगद मौज्दात रहने अनुमान गरिएको उक्त बजेट मध्य आर्थिक वर्षको लागि २ अर्ब रुपैयाँ न्यून हुन जाने अनुमान गरेको अर्थ मन्त्री बरालले जनाए । यसरी न्यून हुन जाने रकममध्ये १ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट र १ अर्ब रुपैयाँ नेपाल सरकारबाट लिइने ऋणबाट पुर्ति हुने व्यवस्था मिलाएको मन्त्री बरालले जनाए ।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ भन्दा आर्थिक वर्ष २०७८/०७९ मा करिब १३ प्रतिशत कम बजेट ल्याएको थियो । प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को लागि ३० अर्ब ५ करोड बजेट प्रस्तुतः गरेको थियो । आर्थिक वर्ष २०७६/०७७ को भन्दा चालू आर्थिक बर्षमा ४ अर्ब ८१ करोड रुपैयाँ कमको बजेट आएको थियो । उक्त बजेट चालुतर्फ ४३.५ प्रतिशतले १३ अर्ब ६ करोड ४७ लाख ९४ हजार र पुँजीगततर्फ भने ५५.७ प्रतिशत अर्थात १६ अर्ब ७३ करोड ४६ लाख ३३ हजार विनियोजन गरिएको हो ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा ३४ अर्ब ८४ करोड २१ लाख ६० हजारको बजेट प्रस्तुत भएको थियो । चालूतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार, पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार र वित्तीय व्यवस्थापनतर्फ ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो । उक्त बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ८ प्रतिशतले बढी थियो ।
आर्थिक वर्ष २०७५/०७६ का लागि २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट विनियोजना गरिएको थियो । उक्त बजेटको चालूतर्फ २९ प्रतिशत अर्थात् ६ अर्ब ९१ करोड ५५ लाख रुपैयाँ विनियोजना गरिएको थियो भने पुँजीगततर्फ ६६ प्रतिशत अर्थात १५ अर्ब ९० करोड ७८ लाख रुपैयाँ विनियोजना भएको थियो ।
२०७५/०७६ मा २४ अर्ब बजेट ल्याएको सरकारले २०७६/०७७ मा भने ह्वात्तै बढाएर ३२ अर्ब बजेट ल्याएको थियो । प्रदेश सरकारले चालू आर्थिक वर्षमा भने ८ प्रतिशत वृद्धि गरी ३४ अर्ब ८४ करोड बजेट ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्