रिलायन्स लाइफ इन्स्योरेन्सको नयाँ बिमा योजना «

रिलायन्स लाइफ इन्स्योरेन्सको नयाँ बिमा योजना

रिलायन्स लाइफ इन्स्योरेन्सले ‘ग्यारेन्टेड रिटर्न सहितको बिमा लेख योजना, मेरो सुनिश्चित प्रतिफल बिमा योजना प्रचलनमा ल्याएको छ ।
यो बिमायोजना अन्तर्गत बीमितले आफ्नो आवश्यकताअनुसार बिमा शुल्क भुक्तानी गर्न सक्नेछन् । साथै सीमित समयको लागि बिमा शुल्क भुक्तानी गरी बिमालेख अवधिभर रक्षावरण पाउन सक्नेछन् । यो योजनामा अढाई गुणासम्म सुनिश्चित प्रतिफल दिने कम्पनीको दाबी छ ।

यो बिमा योजनामा १६ वर्ष अवधिको बिमा लेखमा आधारभूत बिमा शुल्कको २ गुणा र २० वर्षको बिमा लेखमा आधारभूत बिमा शुल्कको २.५ गुणा प्रतिफल ग्यारेण्टीका साथ पाइने कम्पनीको भनाइ छ । यस बिमा लेखमा अतिरिक्त सुविधाहरु लिन चाहने बीमितले अतिरिक्त शुल्कभुक्तानी गरी अतिरिक्त पुरक करार सुविधाहरु समेत लिन सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्