महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘साइन्स अफ सेल्स’ सम्बन्धी प्रशिक्षण «

महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘साइन्स अफ सेल्स’ सम्बन्धी प्रशिक्षण

महालक्ष्मी लाइफ इन्स्योरेन्सले ‘साइन्स अफ सेल्स’ सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौंमा आयोजना गरिएको एक दिने कार्यक्रममा वाग्मती प्रदेश अन्तर्गतका शाखा र उपशाखाको अभिकर्तालाई बिक्रीकला सम्बन्धी प्रशिक्षण दिइएको हो ।
कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले सहभागिहरूको स्वागत गर्दै कार्यक्रमको महत्वमाथि प्रकाश पारेका थिए ।

लाइफ चेन्जर मोटिभेसनल प्रशिक्षक राजावाबु साहले जीवन बिमामा सम्भावित बिमितको पहिचान, उनीहरूसँग गरिने व्यवहार, बिक्री कार्यलाई सफल कार्यान्वयन गर्ने बारेमा प्रशिक्षण दिएका थिए ।
यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले सफल अभिकर्ता हुन र बिमा व्यवसाय प्रवर्द्धन गर्न चाल्नुपर्ने कदम बारेमा प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्