आइएमई जनरल इन्स्योरेन्स र स्टिम सेन्टरबीच सम्झौता «

आइएमई जनरल इन्स्योरेन्स र स्टिम सेन्टरबीच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र स्टिम सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
सो सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र स्टिम सेन्टरका अध्यक्ष डा. बजरंग कुमार रौनियारले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै इन्स्योरेन्सका कर्मचारी तथा ग्राहकलाई स्टिम सेन्टर बत्तीसपुतली काठमाडौंमा प्राप्त हुने सेवाहरूमा १५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ । सोही अवसरमा स्टिम सेन्टरबाट प्राप्त हुने प्याथोलोजीको १८९ भन्दा बढी, रेडिओलोजीको ८१ भन्दा बढी डेन्टलको ३७ भन्दा बढी परीक्षण लगायत अन्य सेवाहरू समेतमा १५ प्रतिशत सम्मको छुट प्राप्त हुने बताइएको छ ।
इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले स्टिम सेन्टरसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई आवश्यक पर्ने निर्जीवन बिमा सम्बन्धी सम्पूर्ण सेवाहरू आइएमई जनरल इन्स्योरेन्सबाट सहज रूपमा प्राप्त गर्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्