नेपाल चेम्बर एक्स्पो २०२२ आजदेखि «

नेपाल चेम्बर एक्स्पो २०२२ आजदेखि

नेपाल चेम्बर अफ कमर्शले नेपाल चेम्बर एक्स्पो २०२२ आयोजना गर्ने भएको छ । चेम्बरले बुधबार पत्रकार सम्मेलन गरेर २ देखि ६ असारसम्म काठमाडौंमा एक्सपो आयोजना गर्न लागेको जनाएको हो ।
निर्यात प्रवद्र्धन, वैदेशिक लगानी आकर्षण र अन्तर्राष्ट्रिय आर्थिक संगठनमा सहभागितासँग केन्द्रित क्रियाकलाप नै आर्थिक कूटनीतिको उद्धेश्य रहेको चेम्बरले जनाएको छ । पछिल्ला चार संस्करणहरूको सफलतापूर्वक आयोजना गरेको चेम्बरले पाँचौ संस्करणमा व्यापारिक अन्तक्र्रिया, आयात–निर्यातको सूचनाआदान–प्रदान तथा नेपाली उत्पादनको बजारिकरणमा विशेष जोड दिने जनाएको छ ।
मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीलाई सहयोग मिल्ने आयोजकले जनाएको छ ।

गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिने चेम्बरको दावी छ ।
निकासी अभिवृद्धि गर्ने उद्देश्य लिई चेम्बरले यस प्रदर्शनीमार्फत निकासी योग्य वस्तुको प्रवद्र्घन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसकालागि आवश्यक पहलकदमी समेत गर्ने उद्देश्य राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्