Logo

सानिमा बैंक र पाटन अस्पतालबीचको सम्झौता नवीकरण

सानिमा बैंक र पाटन अस्पतालबीच भएको सम्झौता नवीकरण भएको छ । बैंकले २०७५ सालदेखि उक्त सहयोगलाई निरन्तरता दिइरहेको छ ।
उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलालाई प्रतिव्यक्ति २० हजारसम्म उपचारकालागि सहयोग उपलब्ध गराउँदै आएको छ । बंैकले प्रत्येक ‘नारी बचत खाता’ बापत बैंकको तर्फबाट मासिक एक रुपैयाँका दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँगयो सम्झौता पुनःनवीकरण गर्दै आएको जनाएको छ ।

उक्त सम्झौतापत्रमा बंैकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र पाटन अस्पतालका निर्देशक प्रा.डा. रवि शाक्यले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्