एनएमबि बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट «

एनएमबि बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

एनएमबि बैंकका ग्राहकले अन्नपूर्ण केबलकारमा छुट पाउने सम्झौता गरिएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकले पोखराको अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा र एनएमबि बैंकको क्रेडिट, डेबिट कार्ड र मोबाईल बैंकिङबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् ।
बैंकले डिजिटल बैंकिङ अभियान अन्तर्गत नगद सहितबाट नगद रहित डिजिटल कारोबारतर्फ लाग्न आफ्ना ग्राहकहरुलाई उत्प्रेरित गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

एनएमबि बैंक दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्