नेप्से परिसूचकमा ४९.३१ गिरावट «

नेप्से परिसूचकमा ४९.३१ गिरावट

सोमबार नेप्से परिसूचक ४९.३१ अंकले घटेर १८८४.८१ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.६६ अंक, फ्लोट इण्डेक्स ३.२८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४८ अंकले घटेको छ ।
सोमबार कारोबारमा आएका २३० कम्पनीको ६१ लाख ८६ हजार कित्ता सेयर १ अर्ब ७५ करोड ६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.२८ प्रतिशत घटेको छ । त्यसैगरी विकास बैंक उपसमूहको परिसूचक ४.१३ प्रतिशत घटेको छ भने वित्त, निर्जीवन बिमा र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ । होटल तथा पर्यटन, लगानी, जीवन बिमा, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।
नेप्से घटेपनि दुई कम्पनीको मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा आँधीखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । अन्य कम्पनीको मूल्य वृद्धिदर २ प्रतिशतभन्दा कम रहेको छ । यता तेह्रथुम पावर कम्पनीको सेयरमूल्य सबैभन्दा बढी १० प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा प्रभु बैंकको ११ करोड ८३ लाख २० हजार रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ । 

प्रतिक्रिया दिनुहोस्