नेपाल बैंकको साढे २ अर्बको ऋणपत्र निष्काशन गर्ने

नेपाल बैंकले निष्काशन गर्न लागेको दुई अर्ब ५० करोड रुपैयाँको डिबेन्चरको बिक्री प्रबन्धकत्वको काम नबिल इन्भेष्टमेण्ट बैंकिङले गर्ने भएको छ ।
‘१०.५०% नेपाल बैंक ऋणपत्र २०८४’ को १ हजार रुपैंया अंकित दरका २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि नेपाल बैंक र नबिल इन्भेष्टबीच सम्झौता भएको हो । ५ वर्ष अवधिको ऋणपत्रको ब्याजदर १०.५० प्रतिशत रहेको छ ।

उक्त सम्झौता पत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिंगका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्विकृति पश्चात निश्कासन गरीने नबिल इन्भेष्टले जनाएको छ ।