नबिल बैंक र कतार एयरवेजबीच सम्झौता «

नबिल बैंक र कतार एयरवेजबीच सम्झौता

नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्तालाई विशेष सुविधा प्रदान गर्न सम्झौता गरेको छ ।
जसअन्तर्गत बैंकका कार्ड प्रयोगकर्ताहरुले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरुमा लागु हुनेछ । साथै हवाई टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । यो छुट १७ असारदेखि लागु हुने बताइएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एलइमामका तर्फबाट सेल्स म्यानेजर सारिक बोगटीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

यस साझेदरीअन्तर्गत बिजनेश र इकोनोमी क्लास हवाई टिकटमा उक्त १० प्रतिशत छुट लागू हुने एयरवेजले जनाएको छ । यसका लागि बैंकका कार्ड प्रयोगकर्ताले कतार एयरवेजका प्रतिनिधिलाई आफ्नो नबिल बैंकको कार्ड पेश गर्नुपर्नेछ ।
सन् १९८४ देखि आफ्ना ग्राहकलाई समायनुकुल सेवा प्रदान गर्दै आएको बैंकका १५० शाखा, १८७ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्