महिला क्रिकेट टोलीको बिदाइ «

महिला क्रिकेट टोलीको बिदाइ

Nepal women’s national team members returning to pavilion after bowling against Thailand during the practice match in Bangkok on Thursday, November 24, 2016.Nepal, who are in Thailand to participate in the ACC Women’s Asia Cup beginning on Saturday, faced a 19-run defeat in the match. Photo courtesy: Raman Siwakoti

मलेसियामा आयोजना हुने एसिसि महिला टी–२० च्याम्पियनसिपमा सहभागि हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई मंगलवार बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार एक कार्यक्रमको आयोजना गरेर एसिसि महिला टी–२० च्याम्पियनसिपमा सहभागि हुन बुधवार मलेसिया प्रस्थान गर्न लागेको टोलीलाई बिदाइ गरेको हो ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र क्यानका पदाधिकारीले बिदाई गरेका हुन् । बिदाइपछि बोल्दै नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले एशिया कपमा छनोट भएर फर्किने बताइन् । अन्तर्राष्ट्रिय सहभागितामा खासै उपलब्धि हात पार्न नसकेको भन्दै कप्तान रुबिनाले महिला टोलीले यो संस्करणमा इतिहास रचेर स्वदेश फर्किने बताइन् ।

एशिया कप छनोट हुने लक्ष्यका साथ नेपाली टोलीले कीर्तिपुर स्थित त्रिभूवन अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा महिना दिन यता अभ्यास गरेको थियो । युगाण्डासँगको श्रृंखलापछि भएका कमी कमजोरीलाई सुधार गर्दै नेपाली टोलीले अभ्यासलाई निरन्तरता दिएको थियो । च्याम्पियनसिप मलेसियामा जुन १७ गतेदेखि २५ जुनसम्म हुँदैछ । प्रतियोगिताको फाइनल पुग्ने दुई टिम एशिया कपका लागि छनोट हुनेछन् । सोही लक्ष्य लिएर नेपाली टोली प्रस्थान गर्न लागेको हो । नेपालले प्रतिष्पर्धा गर्ने समूहमा आयोजक मलेसियासहित, हङकङ, भुटान, बहराईन र कुवेत रहेका छन् । कार्यक्रममा मुख्य प्रशिक्षक जगत टमाटाले टोलीको लक्ष्य भनेको च्याम्पियन भएर स्वदेश फर्किने रहेको र सोही अनुसार नेपाल मौसम प्रतिकुल भएपनि तयारी गरेको बताए ।
बिदाइ कार्यक्रमपछि बोल्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपालले राम्रो खेल पस्किनेमा विश्वस्त रहेको बताए । नेपाली टिमले जुन १७ मा भुटान, १८ जुनमा कुवेत, २० जुनमा बहराइन र २० मा हङकङसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्