जिसस रुपन्देहीमा गठबन्धनको प्यानलै निर्वाचित «

जिसस रुपन्देहीमा गठबन्धनको प्यानलै निर्वाचित

जिल्ला समन्वय समिति (जिसस),रुपन्देहीको शनिबार भैरहवामा सम्पन्न निर्वाचनमा गठबन्धनको प्यानलै निर्वाचित भएको छ । गठबन्धनको तर्फबाट प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चपाईंले २० मत प्राप्त गरी निर्वाचित भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नरबहादुर घर्ती मगरले १२ मत ल्याए । उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, (लोसपा) का उम्मेदवार रामकृपाल धोबीले १६ मत प्राप्त गरी विजयी भएका छन ।

३२ मत रहेको जिसस रुपन्देहीको निर्वाचनमा एमालेबाट उपप्रमुख पदकी उम्मेदवार पवित्रा देवी श्रेष्ठले १५ मत प्राप्त गरिन् ।
त्यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकी विष्णुमाया सुवेदी जयसवाल १८, दलित वा अल्पसंख्यकमा कांग्रेसकै राजमनप्रसाद हरिजनले २०, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमानले २०, ऋषिराम बस्याल १९ र लोकतान्त्रिक समाजवादी पार्टीका मुकेशकुमार पाण्डे १८ मत ल्याएर विजयी भएका छन् ।
त्यसै गरी नेकपा (माओवादी केन्द्र) की मन्जु परियार १८ र लोसपाकी बुधनी चमार १९ मत ल्याइ विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्