Logo

मिटरब्याज पीडित आन्दोलित

ld6/ Aofhdf k};f / hUuf sAhf u/]sf ;fx’nfO{ sf/afxLsf] dfu /fVb} gjnk/f;Lsf ld6/ Aofh kLl8tn] sf7df8f}+ dfOlt3/ dG8nfdf u/]sf] k|bz{g . tl:a/ c+ub 9sfn . sflGtk’/

मिटर ब्याज पैसा लिएर र जग्गा कब्जा गरेका साहुप्रति कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितले काठमाडौंमा आन्दोलन शुरु गरेका छन् ।
नवलपरासीका जगदीश बानियाँ र सुनिल बानियाँले स्थानीयलाई मिटर ब्याजमा पैसा लिएर २ लाख ऋण दिएबापत १५ लाख रुपैयाँसम्म लिएको भन्दै कारबाहीको माग राख्दै स्थानीयले माइतीघरमा आन्दोलन शुरु गरेका हुन् । साहु जगदिशका दाजुभाइसँग विदेश जानको लागि डेढ लाख रुपैयाँ ऋण लिएर पनि ६ वर्ष विदेश बसेर कमाएको १२ लाख रुपैयाँ दिँदा समेत अझै ऋण चुक्ता नभएको भन्दै पैसा माग्ने गरेको मिटर ब्याज पीडित राज कुमारले बताए । उनले भएको जग्गा जमिनसमेत बेचेर पैसा तिरेको र अब तिर्न नसक्ने अवस्थामा पुगेकाले न्यायको लागि काठमाडौंमा आएको बताए ।

मिटर ब्याजमा पैसा र जग्गा कब्जा गरेका साहुलाई कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितले काठमाडौं माइतिघर मन्डलामा गरेको प्रदर्शन ।


त्यस्तै अर्का मिटर व्याज पीडित जयप्रकाश कुर्मीले छोरालाई विदेश पठाउनको लागि पैसा आवश्यक भएकाले सुनिल बानियाँसँग १ लाख रुपौयाँ ऋण लिएको बताए । उनले बानियाँले १ लाख पैसा दिएर २ लाखको तमसुक बनाएको बताए । बानियाँलाई ५ लाख ५ हजार रुपैयाँ दिइसके पनि अहिले ८ लाख माग गरेको गुनासो गरे । जग्गा बचेर भएपनि पैसा दिन दबाब दिएको तर आफूसँग ४ कठ्ठा १५ धुर मात्रै जग्गा रहेको पीडितले बताए ।
त्यस्तै अर्का पीडित रामसुरत गुप्ताले ऋण लिएको पैसा चुक्ता भयो भनेर तमसुक माग्दासमेत नदिएको बताए । उनले ऋण चुक्ता भएको कागज गरेर पनि आफूहरुको लेखाई नभएको भन्दै बाँकी पैसा माग्ने गरेकोसमेत बताए । गुप्ताले जनता मार अपराधीलाई कारबाही गरेर मात्रै जानको लागि काठमाडौं आएको बताए ।
आन्दोलनमा आएकाहरुले हजुरबुबाले लिएको ऋण नाती पुस्तासम्म तिर्दा नपुगेर साहुले जग्गा समेत कब्जा गरेर भूमिहिन भएको बताएका छन् । आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले मिटर ब्याज लिन पाइँदैन, जनता मार्न पाइँदैन, मिटर ब्याज लिनेहरु खबदार, मिटर ब्याज लिनेलाई कारबाही गर, मिटर ब्याज लिएर जनतालाई सुकुम्वासी र भूमिहिन बनाउन पाइँदैन लेखेका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्