एप्पलको त्रैमासिक आम्दानी ५८ अर्ब डलर «

एप्पलको त्रैमासिक आम्दानी ५८ अर्ब डलर

आर्थिक वर्ष २०१९ को दोस्रो त्रैमासिक अवधिमा ५८ अर्ब डलरको आम्दानी भएको एप्पलले जनाएको छ । यो अघिल्लो वर्षको सोही त्रैमासिक अवधिको तुलनामा ५ प्रतिशतले कम हो । यद्यपि आम्दानीले ५७.४ अर्ब डलरको बजार अपेक्षालाई नाघेको छ ।
२०१९ को मार्च ३० मा अन्त्य भएको दोस्रो त्रैमासिक अवधिको वित्तीय प्रतिवेदनमा कम्पनीले प्रतिसेयर त्रैमासिक आम्दानी १० प्रतिशतले ओरालो लागेर २.४६ डलर भएको जनाएको छ । यसको अन्तर्राष्ट्रिय बिक्रीले त्रैमासिक आम्दानीको ६१ प्रतिशतको हिस्सा ओगटेको छ ।
“मार्चसम्मको त्रैमासिक अवधिमा हामीले ११.२ अर्ब डलरको सञ्चालन नगद सिर्जना गरेका छौं र हाम्रो व्यवसायको सबै क्षेत्रमा महŒवपूर्ण लगानी सिर्जना गरेका छौं,” एप्पलका प्रमुख वित्त अधिकारी लुका मेस्ट्रीले बताइन् ।
एप्पलका सिइओ टिम कुकले कम्पनीले एप्पल म्युजिक, एप स्टोर र अन्य व्यवसायलगायतका सेवाबाट गर्ने दोस्रो त्रैमासको आम्दानी ११.५ अर्ब डलरको कीर्तिमानी अवस्थामा पुग्ने बताएका छन् ।
“हाम्रो मार्चको त्रैमासिक नतिजाले जडित आधार लगातार बलियो भएर १.४ अर्ब डलर पुगेको छ । हामीले सेवा क्षेत्रका लागि हालसम्मकै कीर्तिमानी नतिजा निर्धारित गरेका छौं । हामीले वेरेबल, होम एन्ड एसेसरिज वृत्तमा राम्रो अवस्था पाएका छौं । यो क्षेत्रले मार्चसम्मको त्रैमासमा नयाँ कीर्तिमान बनाएको छ,” उनले बताए ।
दोस्रो त्रैमासिक अवधिमा सेयर बाइब्याक र लाभांशमा कम्पनीले २७ अर्ब डलर खर्चेको छ । सेयर पुनः खरिदका लागि यसले ७५ अर्ब डलर छुट्याउनेछ ।
एप्पलले लामो समयसम्म आईफोन, आईप्याड, म्याकलगायतका संयन्त्रको बिक्री संख्याका बारेमा वित्तीय विवरणमा नखुलाउने गत वर्षको घोषणामार्पmत नै बताइसकेको थियो ।
कुपर्टिनो क्यालिफोर्नियास्थित कम्पनीले आफ्नो आम्दानी यो वर्षको तेस्रो त्रैमासिक अवधिमा ५२.५ अर्ब देखि ५४.५ अर्ब डलरको बीचम रहने जनाएको छ । यसको सञ्चालन खर्च ८.७ अर्ब देखि ८.८ अर्ब डलरको बीचमा रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्