फक्सवागनको अत्याधुनिक शोरुम नक्सालमा «

फक्सवागनको अत्याधुनिक शोरुम नक्सालमा

फक्सवागन गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपालले जर्मन स्टेट अफ द आर्ट डिजाइनमा आधारित सुविधा सम्पन्न नयाँ शोरुम नक्सालमा सञ्चालनमा ल्याएको छ ।
उक्त शोरुमको नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिंजले उदघाटन गरे । यसै क्रममा प्रिंजले नेपाल अब विद्युतीय सवारीमा जाने बेला भएको बताए । उनले नेपालमा फक्सवागनको नयाँ इभी आईडी ३ र आईडी ४ चाँडै नै नेपाल आउने जानकारी दिए ।

राजदूत प्रिंजले यो नयाँ शोरुम जर्मनको जस्तै डिजाइनमा तयार पारिएको र यसले जर्मनमा फक्सवागनले आफ्नो ग्राहकलाई दिने सुविधा जस्तै हुने बताए।कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक विजुक्छेले जर्मनीको जस्तै अत्याधुनिक सुविधा सम्पन्न शोरुम सञ्चालनमा आएको बताए । यसले गाडी खरिद गर्न आउने ग्राहकहरुले छुट्टै प्रकारको महसुस गर्न सक्ने पनि उनको भनाइ छ ।
उनले नक्सालको नयाँ शोरुमबाट आगामी दुई हप्ताभित्र गाडी बुकिङ गर्ने ग्राहकहरुका लागि अफरहरु ल्याएको पनि बताए । कार्यक्रममा विशाल ग्रुपका प्रवन्ध निर्देशक विशाल अग्रवाल समेत थिए ।

प्रतिक्रिया दिनुहोस्