Logo

मिदास ई–क्लासमा एमबिबिएस प्रवेश परीक्षा तयारीको लागि अनलाइन कक्षा

काठमाडौं, ५ असार (कास): एमबिबिएस प्रवेश परीक्षाको तयारीको लागि मिदासले अनलाइन कक्षा सुरू गरेको छ ।
दुई दशकदेखि डिजिटल शिक्षामा काम गर्दै आएको मिदास एजुकेसनले उच्चतम प्रविधि प्रयोग गरेर विद्यार्थीहरूलाई न्यून शुल्कमा एमबिबिएस प्रवेश परीक्षाको तयारी गर्न पाउने व्यवस्था गरेको हो ।
मिदास ई–क्लासमा एमबिबिएसका साथै बिडिएस, बिएससी नर्सिङ, बि पर्फ्युजन प्रविधि, बिएएमएस, बि फार्मेसी, बिपिएस, बि ओपोमेट्री, बिएससी एमएलटी, बिएमआइटी र बिपिटीको पनि प्रवेश परीक्षाको अनलाइन कक्षा हुन्छ ।
प्रवेश परीक्षा तयारीका लागि मिदास ई–क्लासबाट पढ्दा समयको सदुपयोग हुनुका साथै अनुभवी र उत्कृष्ट शिक्षकहरूबाट प्रविधिको प्रयोगमा पढ्न सकिने मिदासको दाबी छ। यसबाहेक शिक्षकले कक्षामा पढाएको नबुझेमा रेकर्ड गरेर राखिएको भिडिओमार्फत दोहो¥याएर वा फेरि–फेरि पढ्न सकिने व्यवस्था छ ।

मिदास ई–क्लासमा एमबिबिएस प्रवेश परीक्षा तयारीको लागि अनलाइन कक्षा


मिदास ई–क्लासमा एमबिबिएस प्रवेश परीक्षामा पहिले सोधिएका र हरेक पाठबाट आउन सक्ने एघार हजारभन्दा बढी प्रश्न– उत्तरहरू छन् । जसलाई विद्यार्थीहरूले अभ्यास गर्न सक्छन् । उक्त अनलाइन कक्षामा पढ्दा कुनै विषयमा अलमलिएमा तुरुन्तै शिक्षकहरूलाई सोध्न सकिने समेत व्यवस्था मिलाइएको छ ।
मिदास ई–क्लासमा विद्यार्थीहरूले आफूले पढेको वा अभ्यास गरेको पाठ छानेर जतिबेला पनि स्वःमूल्यांकन र समीक्षा गर्न पाउने प्रविधि उपलब्ध गराइएको छ । यसले गर्दा पनि विद्यार्थीलाई सहज हुन्छ । मिदास ई–क्लास विद्यार्थीहरूले ल्यापटप वा एनरोइड फोन÷ट्याबलेटबाट सहजै प्रयोग गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्