सिटी एक्सप्रेसका शौचालय सर्वसाधारणले प्रयोग गर्न पाउने «

सिटी एक्सप्रेसका शौचालय सर्वसाधारणले प्रयोग गर्न पाउने

काठमाडौं, ५ असार (कास): सर्वसाधारणले सिटी एक्सप्रेस मनी ट्रान्सफर केन्द्रीय कार्यालय कमलादीका शौचालय प्रयोग गर्न पाउने भएका छन् ।
एक्सप्रेसले काठमाडौं महानगरपालिकासँग सम्झौता गरेसँगै सर्वसाधारणले प्रयोग गर्ने भएका हुन् । महानगरका मेयर बालेन्द्र साह (बालेन)को नेतृत्वमा बसेको पहिलो कार्यपालिका बैठकमा बैंक, वित्तीय संस्था, होटल, रेस्टुरेन्टलगायत निजी क्षेत्रका शौचालय सार्वजनिक प्रयोजनमा ल्याउने निर्णय गरिएको थियो ।

सिटी एक्सप्रेसका शौचालय सर्वसाधारणले प्रयोग गर्न पाउने


काठमाडौं महानगर प्रहरी बलका प्रमुख धनपति सापकोटाले एक्सप्रेसका चिफ बिजनेस अफिसर श्याम लामिछानेलाई संकेत बोर्ड हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्