Logo

बिन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट

काठमाडौं, ५ असार (कास): बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँट भएको छ ।
कम्पनीले २० देखि २५ जेठसम्म निष्कासन तथा बिक्री गरेको आईपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटलमा बाँडफाँट भएको हो । कम्पनीले योग्य आवेदकलाई १० कित्ताको दरले बाँडफाँट गरेको छ ।
कम्पनीले बिक्री खुलाएको पाँच दिनसम्म उक्त आईपीओ १७ लाख ९१ हजार ८९५ जनाको आवेदन परेको थियो । जसमध्ये १७ लाख ८९ हजार १५७ जनाको आवेदन योग्य थिए । त्यसमध्ये २ हजार ७३८ जनाको आवेदन रद्द गरिएको हो ।

बिन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट


मागभन्दा बढी आवेदन परेकाले कम्पनीले १० कित्ताको दरले गोलाप्रथाबाट १ लाख ३६ हजार ५०० जनालाई बाँडफाँट गरेको छ । अर्थात १ लाख ३६ हजार ५०० जना योग्य आवेदकले १० कित्ताका दरले हाइड्रोपावरको आईपीओ पाएका छन् ।
कम्पनीले प्रति सेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर निष्कासन ल्याएको थियो । त्यसमा ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी रहेको १३ लाख ६५ हजार कित्ता सेयर सर्वसाधारणको लागि बाँडफाँट गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्