Logo

काठमाडौंको अस्तव्यस्त पार्किङ

Bad parking. Car parked in inappropriate way. Driver annoying everyone. Bad car driver. Parking zone conceptual web banner. Rude disrespectful impolite driver in parking lot or car park. Vector

काठमाडौं महानगरपालिकाले यतिबेला जनप्रतिनिधि पाएको छ । नयाँ जोस–जाँगर भएका महानगर प्रमुख, त्यस्तै उपप्रमुखको जित भएको छ । महानगरमा समस्याका चाङ थुप्रिँदै गइरहेको छ, अब समाधानको पहल हुनेमा आशावादी बनौं । फोहोर व्यवस्थापनको गाँठो बिस्तारै फुकेको छ । फोहोरजस्तै अर्को समस्या भनेको महानगरमा पार्किङ, जुन अभाव छ । जसका कारण जथाभावी रूपमा सवारी पार्किङ हुने गरेको पाइन्छ । महानगरले अनधिकृत रूपमा पार्किङ गरिराखेका सवारी साधनलाई उठाई लाने कार्य तीव्र रूपमा गर्दै आइरहेको देख्न सकिन्छ । महानगरका नगर प्रहरी, नेपाल प्रहरी तथा ट्राफिक प्रहरीको संयुक्त टोलीले यी कार्य गर्दै आइरहेका छन् । हुन त यो कार्य कुनै नयाँ कार्यको थालनी भने होइन, पहिल्यैका कार्यको निरन्तरता मात्र हो भन्न सकिन्छ ।
विशेष गरी पुतलीसडक, अनामनगर, बबरमहललगायतका क्षेत्रमा जथाभावी रूपमा पार्किङ गरिएका मोटरसाइकलहरूप्रति लक्षित गरी महानगरको आँखा गइरहेको हुन्छ । यसका अतिरिक्त गाडीमा लक लगाउने तथा लस्करै पार्किङ गरिराखेका मोटरसाइकलमा सिक्री बाँध्ने कार्य ट्राफिक प्रहरीबाट नभएका भने होइनन् । अव्यवस्थित पार्किङ गर्नेलाई कारबाही गर्नु नियम कानुनभित्रका कार्य हुन् । यसरी कारबाही गरिरहँदा हामी सवारी चालकले कहाँ पार्किङ गर्ने हो, त्यो ठाउँको व्यवस्था महानगरले गर्नुपर्छ कि पर्दैन ?
मानौं, कुनै मानिस कामविशेषले पुतलीसडक गयो भने उसको सवारी पार्किङ कहाँ गर्ने भन्ने कुरा कि स्वयम् सवारी चालकले जिम्मा लिनुप¥यो । यदि त्यस क्षेत्रमा पार्किङ छैन भने महानगरले निश्चित स्थान र शुल्क लिन ठाउँको व्यवस्था त गरिदिनुप¥यो नि ! दिनहुँ सडकपेटीमा कहाँ–कहाँ पार्किङ गरिरहेको छ भनी गाडी लिएर ट्रकका ट्रक सवारी उठाउनुको विकल्प पनि खोज्नुपर्छ कि पर्दैन, यता पनि त महानगरको ध्यान जानुप¥यो नि ! यदि ध्यान नदिने हो भने निश्चित ठाउँअनुसारको पार्किङको व्यवस्था महानगरले गरिदिनुप¥यो । कसैको निजी सवारी साधन उठाएर लाने अधिकारप्राप्त महानगरले निश्चित ठाउँमा पार्किङ गर्ने व्यवस्था किन नगर्ने ?
एउटा राजस्व वृद्धिका निमित्त नागरिकलाई दुःख दिँदैमा के समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना गर्न सकिन्छ । यी र यस्ता कुरा, जुन नागरिकसँगको प्रत्यक्ष सरोकार राख्ने विषयको सम्बोधन गर्न नयाँ जनप्रतिनिधिसँग आग्रह गर्नुको विकल्प छैन । एउटा सवारी चालकले उपयुक्त पार्किङ गर्ने ठाउँ नपाउँदा उसले प्रयोग गर्ने भनेकै सडकपेटी नै त हो । आम सवारी चालकलाई पनि कहाँ रहर छ र सडकपेटीमा पार्किङ गर्न ? तर बाध्यताको अगाडि कसको के लाग्छ ?
काठमाडौंका साँघुरा सडक, त्यसमाथि पार्किङको उपयुक्त व्यवस्था नहुनु, सडकको क्षमताभन्दा दोब्बर–तेब्बर सवारी भार थेग्न नसक्ने अवस्था आइसक्यो । यसैअनुरूप सवारी चाप बढ्ने हो भने न सडकले भार थेग्न गाह्रो पर्छ, न त पार्किङकै क्षमताले नै पुग्न सक्छ । यसका निमिक्त उपयुक्त समस्याको समाधान बेलैमा नगर्ने हो भने सवारी जाम बढ्दै जान्छ । उता पार्किङ अभावले गर्दा महानगर सवारी उठाउनैमा व्यस्त रहन्छ । कारबाही मात्र समस्याको समाधान होइन, यसको दीर्घकालीन समाधानको बाटो खोज्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्