सशस्त्र प्रहरीद्वारा नक्कली नोटसहित एकजना पक्राउ «

सशस्त्र प्रहरीद्वारा नक्कली नोटसहित एकजना पक्राउ

वीरगन्ज : सशस्त्र प्रहरीले नेपाली र भारतीय नक्कली नोट सहित एकजनालाई पक्राउ गरेको छ । रौतहट स्थित सशस्त्र प्रहरी वोर्डर आउट पोष्ट सरमुझवा बंकुलबाट खटिएको सशस्त्र प्रहरीले बिहीबार बिहान नक्कली नोट सहित एक भारतीय युवकलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिवास महोत्तरीका सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले जानकारी दिए ।

सशस्त्र प्रहरीद्वारा नक्कली नोटसहित एकजना पक्राउ


बाहिनीमा प्राप्त सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले रौतहटको बौद्धीमाई नगरपालिका वडा नम्बर ७ बंकुल बजार स्थित बाल्मिकी चिया पसलमा चिया खाईरहेको अवस्थामा भारत गोरखपुर निवासी बर्ष २३ का सञ्जय सक्सेनालाई भारतीय रुपैंया र नेपाली रुपैंया सहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक ठाडा मगरले बताए । पक्राउ परेका सञ्जय सक्सेनाको साथबाट एक हजारको नेपाली नोट ५० थान, दुई हजार दरको २३ थान भारतीय नोट र पाँचसय दरको भारतीय नोट १० थान नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी नायव महानिरीक्षक ठाडा मगरेले बताए । भारतीय नोटको विनीमय दर अनुसार ८१ हजार ६ सय र नेपाली रुपैंया ५० हजार गरी १ लाख ३१ हजार ६ सय रुपैंया सहित पक्राउ परेका भारतीय युवकलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बंकुलमा बुझाईएको सशस्त्र प्रहरी नायव महानिरीक्षक ठाडा मगरले बताए ।

प्रतिक्रिया दिनुहोस्