Logo

जेठो चिया कारखाना विश्व सम्पदा सूचीमा सूचीकृतको पहल

Asia lesbian LGBT Couple hand-holding and walking with shopping bags,Slow motion

इलाम नगरपालिकाले नेपालको जेठो उद्योगका रुपमा रहेको इलामको पुरानो चिया कारखानालाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि पहल गर्ने भएको छ ।
नगर कार्यपालिकाको बैठकले इलाम नगरपालिका ७ मा रहेको कारखानालाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि आवश्यक प्रक्रिया अगाडी बढाउने निर्णय गरेको हो ।
कारखानासँगै इलाममा रहेको ऐतिहासिक इलाम चिया बगानलाई समेत विश्व सम्पदा सूचीमा समावेश गराउन पहल भइरहेको इलाम नगरपालिकाका केदार थापाले बताए । उनले यो कारखाना र चियाबगान हाल पनि धेरैको अध्यन अनुसन्धानको केन्द्र रहेको भन्दै विश्वका अनुसन्धानकर्ताका लागि जानकारीका लागि पनि विश्व सम्पदा सूचीमा सूचीकृत हुन आवश्यक भएकाले पहल अगाडी बढाइएको बताए ।
इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले नेपालमा नै पहिलोपटक विक्रम सम्वत् १९२० सालमा चिया बगान लगाएको इतिहास छ । उनकै पहलमा विस १९३५ सालमा चिया प्रशोधन कारखानाको स्थापना गरेको बताइन्छ । यो चिया कारखाना मुलुककै जेठो तथा पुरानो उद्योगका रुपमा परिचित छ ।
विश्व सम्पदा सूचीमा समावेश भएपछि यसको जगेर्ना हुने भएकाले पनि यस्ता कार्यको संरक्षणमा नगरपालिका जुटेको नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले बताए । नगर कार्यपालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले यसअघि भएका निर्णयहरूको कार्यान्वयन तथा प्रगति सम्बन्धमा समीक्षा गर्दै कार्यान्वयन हुन बाँकी पूर्व निर्णय यथासमयमा कार्यान्वयनको व्यवस्था मिलाउने निर्णय गरेको छ । नगपालिकाले विभिन्न पाँचवटा विषयगत समिति समेत निर्माण गरेको छ । स्थानीय राजस्व परामर्श समितिमा कार्यपालिकाका सदस्यहरू वडाध्यक्ष दुर्गा श्रेष्ठ र धनमाया लिम्बुलाई तोक्ने निर्णय गरेको छ ।
साथै श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिमा प्रमुखबाट वडाध्यक्ष लाखमान लिम्बु, वडाध्यक्ष गोपाल चौहान, देवेन्द्र मुखिया, कुमारी लुवागुनलाई सदस्य तोकेको छ । सामाजिक विकास समितिको संयोजकमा वडाध्यक्ष ओमनाथ प्रधान सदस्यमा कार्यपालिका सदस्य बिरेन्द्रबहादुर राई र कुमारी लुवागुन रहेका छन् । आमन्त्रित सदस्यमा सुनिता कर्माचार्य, छत्र चौहान र बसन्ती घतानीलाई तोकिएको छ । पूर्वाधार विकास समितिको संयोजकमा वडाध्यक्ष गोपाल चौहान, सदस्यमा दलमान तामाङ र धनमाया लिम्बु रहेका छन् । आमन्त्रित सदस्यमा मधु श्रेष्ठ, रूप बहादुर खड्का र खिना बस्नेत रहेको बताइएको छ । आर्थिक विकास समितिको संयोजकमा काजीबहादुर श्रेष्ठलाई तोकिएको छ । सदस्यहरुमा गायत्री राम बस्नेत र सरी माया कमिनी रहेका छन् । आमन्त्रित सदस्यमा सुवर्ण खड्का, मुनादेवी रसाइली र विष्णु सुब्बा रहेको बताइएको छ ।
वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजकमा नरेश श्रेष्ठ, सदस्यमा टासी जबेगु र डायना राई रहेका छन् । आमन्त्रित सदस्यहरुमा रिना घिमिरे घले, प्रकाश अधिकारी, नानुका खत्री र दिव्या भट्टराई रहेको प्रवक्ता दुलालले जानकारी दिए । सुशासन तथा संस्थागत विकास समितिको संयोजकमा गिरिराज रिजाल सदस्यमा दीपक तिखत्री र विवि लिम्बु रहेका छन् । आमन्त्रित सदस्यहरुमा बद्री खड्का, मोहन विष्ट र रोमी कोइराला रहेका छन् ।
इलाम नगरपालिका वडा नं. ७ जनक चोक छेउमा निर्मित कृषि तथा पशुपक्षी खरिद बिक्री भवनमा नगरका वडा वडाबाट आएका कृषि उत्पादनलाई सहज बेचबिखनलाई प्रोत्साहित तथा बजारीकरण गर्नका लागि स्थानीय सहकारी संस्था, व्यापारिक प्रतिष्ठान, कृषि समूह तथा इच्छुक व्यापारी व्यवसायीहरूलाई भाडामा लगाउन भाडा दर निर्धारणका लागि राजस्व परामर्श समितिमा पठाई समितिको राय परामर्श अनुसार भाडामा लगाउने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । बैठकले पशुपंक्षी पालक किसानलाई सुविधाका लागि इलाम नगर क्षेत्रमा भेटनरी अस्पताल तथा पशु सेवा केन्द्रलाई स्तरोन्नतिका लागि १ नं. प्रदेश सरकारमा अनुरोध गर्ने निर्णय गरेको छ ।
इलाम नगरको वडा वडामा उत्पादित कृषि उत्पादन तथा तरकारीको सहज बजारीकरणका लागि सहकारी संस्थाको सहकार्यमा वडा वडामा संकलन केन्द्र स्थापना तथा मल, बीउ बिजन बिक्री वितरणका लागि सहकारी, श्रम तथा रोजगार शाखाबाट आवश्यक सर्वेक्षण र वडा समितिको सुझाव समेतका आधारमा सहकारी संस्था छनौट गरी कार्य योजना तयार गर्ने निर्णय गरेको छ ।
झापादेखी इलाम बजार हुँदै पाँचथर ताप्लेजुङसम्म सहज आवागमनका लागि मेची राजमार्ग सञ्चालनमा रहेकोमा वैकल्पिक राजमार्गको रूपमा इलाम गोला खर्क भन्ज्याङ बेलासे चिसापानी सुखानी शनिश्चरे बिर्तामोड हुँदै झापासम्म जोड्ने सडक निर्माणको कार्य भइरहेको छ । यसलाई काम तदारुपताका साथ अगाडी बढाउन आफूहरु लागि पर्ने जनप्रतिनिधिहरुको भनाइ छ ।
इलाम सदरमुकामलाई झापाको बिर्तामोडसम्म छोटो दूरीको यात्राबाटै जोड्ने यस वैकल्पिक राजमार्गलाई चाँडो भन्दा चाडो कालोपत्रे गरी सञ्चालनमा ल्याउनका लागि संघीय सरकार समक्ष आवश्यक पहल गरी कालोपत्रे सडक निर्माणमा थप तीव्रता ल्याउने उद्देश्यका साथ आगामी ११ आंै नगर सभापछि इलाम नगरपालिकाको प्रतिनिधिमण्डल काठमाडौं जाने निर्णय भएको समेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्