रामेछाप जिल्ला अभ्यास मनसुन «

रामेछाप जिल्ला अभ्यास मनसुन

रामेछापमा मंगलबार रामेछाप जिल्ला अभ्यास मनसुनको डेमो गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति रामेछापले आयोजना गरेको विपद् पूर्वतयारी तथा विपद प्रतिकार्य पूर्ब अभ्यासमा मनसुनका बेला हुन सक्ने सम्भावित बाढीपहिरो र त्यसबाट पर्न जाने क्षति लगाएत खोज तथा उद्धारको समेत अभ्यास गरिएको थियो ।
डेमोमा रामेछापको पश्चिमी भेगमा जेठ ३० गते राति परेको अबिरल वर्षादका कारण तामाकोसी नदीमा भीषण बाढी आउन सक्ने र त्यसका लागि सजग हुन नदि किनारमा बासोवास गर्ने मानिसहरुलाई प्रहरीद्वारा माइकिङ गरिन्छ ।
माइकिङ गरेको केही समय नबित्दै तामाकोसी नदीमा आएको भीषण बाढीले ५ जना मान्छेसहित घर बगाएको सूचना प्रहरीलाई आउछ । सूचना जिल्ला विपद् व्यवस्थापन समितिमा पनि आउँछ । खोज तथा उद्धारमा संलग्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली डुंगा लिएर खोज तलासमा निस्कन्छ , खोज्ने क्रममा टोलिले ३ जनालाई जीवितै उद्धार गरेर रेडक्रस कर्मीलाई जिम्मा लगाउछ रेडक्रस कर्मीले डुबेका मानिसहरुलाई प्रथमिक उपचार गरी स्वास्थ्य केन्द्रमा पठाउँछ, स्वास्थ्यमा लगेका ३ जना बिरामीमध्ये १ जनाको अबस्था गम्भीर भएपछि रेडक्रसकै एम्बुलेन्समार्फत थप उपचारका लागि काठमाडौं पठाइन्छ ।
सामान्य घाइते भएका २ जनालाई स्वास्थ्य संस्थामै उपचार पछि घर पठाइन्छ । उता हराइरहेका २ जनाको खोजी कार्य गर्ने क्रममा तामाकोसी नदी किनारमा लास फेला पर्छ । लासलाई पोष्ट मार्टम गर्न शव बहानमा मन्थली अस्पताल पठाइन्छ र मृतकका परिवारलाई प्रमुख जिल्ला अधिकारीले तत्काल १ लाख ५० हजार उपलब्ध गराउने घोषणा गर्नु हुन्छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष दीपककुमार पहाडीको अध्यक्षता एबं जिल्ला समन्वय समितिका उपप्रमुख प्रेम सागर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमका अबसरमा बोल्दै प्रमुख अतिथि थापाले यस्ता किसिमका चेतनामुलक कार्यक्रमहरु प्रत्येक गाँउपालिका र वडामा गर्नु पर्ने कुरालाई जोड दिए । उहाले सुरु हुन लागेको वर्षादको समयमा यस्तै खालका विपदहरु आइपर्न सक्ने भन्दै यो बेलामा सबै सजग रहन अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्