Logo

कोका–कोलाको ग्लोबल क्याम्पेन नेपालमा सुरू

कोका–कोलाले आफ्नो ग्लोबल क्याम्पेन ‘अपलिफ्ट’ को दोस्रो संस्करण सुरु गरेको छ ।
यो वर्ष क्याम्पेनको ट्यागलाइन ‘कोक उठाउँ, आफूलाई जगाउँ’ रहेको जनाएको छ । जसले कोक पिउनुहोस् र आफुलाई रिफ्रेस गराउनुहोस् भन्ने सन्देश दिने जनाएको छ । यो क्याम्पेनको उद्देश्य उपभोक्तालाई दिउँसोको अल्छी लाग्दो समयलाई एक बोतल चिसो कोकको साथमा रमाइलो र रिफ्रेसिङ बनाउन सकिन्छ भन्ने सन्देश दिनु रहेको कम्पनीले जनाएको छ ।
कोका–कोला नेपालले मोडेल अदिति बुढाथोकीलाई फिचर गरिएको नयाँ टिभीसी सार्वजनिक गरेको छ । कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थी यो क्याम्पेनमार्फत उपभोक्तालाई जहाँ भए पनि र जस्तोसुकै समयमा पनि कोका–कोलाको साथले अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश क्याम्पेनले दिन चाहेको बताए ।
बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले एक बोतल चिसो कोकले नै कति अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश यो क्याम्पेनले दिन खोजेको बताए । “पक्कै पनि हामी सबै जनालाई दिउँसोको समय अल्छी लाग्दो लाग्छ । तर त्यो पट्यार लाग्दो समयमा एक बोतल चिसो कोकले नै हाम्रा उपभोक्ताहरूलाई स्फुर्ति प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु” उनले भने ।

प्रतिक्रिया दिनुहोस्