रुसी जेट र अमेरिकी जासुसी विमान ५ फीटको दुरीमा «

रुसी जेट र अमेरिकी जासुसी विमान ५ फीटको दुरीमा

रुसी लडाकु विमान र अमेकिरी सेनाको जासुसी विमान काल सागरमा ५ फीटको दुरीमा आमनेसामने भएका छन् ।
यो घटनापछि अमेरिकाले रुसलाई यस किसिमको असुरक्षित कदम रोक्नका लागि आग्रह गरेको छ । यसका साथसाथै अमेरिकाले रुसलाई सुरक्षा कायम गर्नका लागि अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्न पनि आग्रह गरेको छ ।
यद्यपि रुसले यो आरोपलाई रद्ध गर्दैै आमने सामनेको समयमा सुरक्षाको पूर्व सावधानी अपनाएको जनाएको छ ।
अमेरिकी ईपी–३ जासुसी विमान अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा मिसनमा रहेको समयमा भएको हो । यो विमान रुसी सु–२७ विमानसँग आमने सामने भएको थियो । यो विमाने अमेरिकी विमानलाइै कुल २ घन्टा ४० मिनेटसम्म पछ्याएको अमेरिकी नेभीले सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको छ ।
सु–२७ पाँच फीटको दुरीमा भएको अवस्थामा यो असुरक्षित गतिविधि भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
“रुसी सेनालाई अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा रहेर सञ्चालन गर्ने अधिकार छ । तर उनीहरुले सुरक्षाको प्रत्याभूति गर्न र दुर्घटना रोक्नका लागि अन्तर्राष्ट्रिय मापदण्डमा रहेर व्यवहार गर्नु पर्छ,” विज्ञप्तिमा भनिएको छ ।
रुसी रक्षा मन्त्रालयका अनुसार सोमबार काल सागरको तटस्थ जल क्षेत्रमा अपरिचित हवाई ठेगाना फेला परेको रुसी हवाई क्षेत्रको सीमानामा प्रवेश गर्न लागेको थियो ।

अमेरिकी विमानले उडानको मार्ग परिवर्तन गरेर रुसी सिमानाबाट पर गएपछि उक्त रुसी जेट आधार शिविरमा आएर अवतरण भएको मन्त्रालयले जनाएको छ ।
“सु–२७ ले हवाई क्षेत्रको प्रयोगमा अन्तर्राष्ट्रिय नियमको कडाइका साथ पालना गरेको र कुनै पनि घटना भएको छैन,” मन्त्रालयले जनाएको छ ।
काल सागरमाथि रुसी र नेटोका सेनाहरुले अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा आफ्नो गतिविधि सञ्चालन गर्दै आएका छन् । रुसले २०१४ मा क्राइमियालाई आफूमा विलय गराएपछि यो क्षेत्रमा हुने गतिविधिले तीव्रता पाउदै आएको फ्नो गतिविधि सञ्चालन गर्दै आएका छन् । रुसले २०१४ मा क्राइमियालाई आफूमा विलय गराएपछि यो क्षेत्रमा हुने गतिविधिले तीव्रता पाउदै आएको छ ।
पछिल्ला महिनाहरुमा काल सागरमाथि रुसी जेटसँग असुरक्षित दुरीमा कैयौ पटक आमने सामने भएको अमेरिकी सेनाले जनाउदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्